काठमाडाैं-दुई सातायता देशभर वायु प्रदूषण खतराको तहभन्दा माथि छ । वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् ।
यसअघि गत पुसमा पनि काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषणको मात्रा बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन ।
वातावरण विभागको तथ्यांकअनुसार वर्षमा करिब ६ महिना एक्युआई राष्ट्रिय मापदण्डभन्दा बाहिर छ । यद्यपि, ०७३ देखि वातावरण विभागले तथ्यांक संकलन गरेको छैन ।
०७३ मा विभागले संकलन गरेको तथ्यांकमा पिएम–२.५ लाई वार्षिक औसतमा हेर्दा तीन सय १० दिनमा एक सय ५८ दिन एक्युआई मापदण्ड नाघेको छ । एक्युआईको तह यो वर्ष ०७३ को भन्दा निकै माथि पुगेको छ ।
चिकित्सकका अनुसार वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् ।
प्रा.डा. सन्तकुमार दासका अनुसार त्रिवि शिक्षण अस्पतालमा पछिल्लो समय अस्पतालमा दम र ब्रोङकाइटिसको समस्या लिएर आउनेको संख्या बढ्न थालेको छ । ‘
प्रदूषण श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने हँुदा सुरुमा फोक्सो बढी प्रभावित हुन्छ । धेरै मसिना कण फोक्सो हुँदै रगतको माध्यमबाट अन्य अंगमा प्रवेश गर्छन् ।
अस्पतालमा श्वासप्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण प्रदूषण भएको अनुमान गरिन थालिएको छ,’ उनले भने ।यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस