काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिएक थिए ।
‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ, प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी पहल गर्ने निर्णय कांग्रेस बैठकले गरेको हो,’ कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पौडेलले भने ।
शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक एजेन्डामा सहमति जजुटेपछि राति ८ बजेपछि सुरु भएको थियो । बैठकको एजेन्डामा सरकारको विकल्प खोज्नेबारे विषय समावेश नभएपछि कांग्रेसभित्र विवाद देखिएको थियो ।
सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।
शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस