काठमाडौं-माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिलेको सरकार काम चलाउ भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् गुरुङले सो कुरा बताउनु भएको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा मात्रै पुर्नस्थापित गरेको भन्दै उहाँले सरकार काम चलाउ नै रहने विगतका नजिर रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘नेपालको संसदीय अभ्यास हेर्दा, ०४७ को संविधानले चार चोटी संसद् घिटन भयो, त्यतिखेर चारैपटक तत्कालीन सरकार काम चलाउमा गयो’– उहाँले भन्नुभयो । अहिलेसम्म्को अभ्यास हेर्दा कुनै पनि बेला सर्वोच्चले संसद विघटनको निर्णय सदर गर्दा होस् या बदर गर्दा, तत्कालीन सरकार काम चलाउनै रहने दाबी गुरुङले गर्नुभयो ।
‘यसपालि सर्वोच्चले प्रतिनिधि सभा बिघटन बदर गर्दा पनि सरकार काम चलाउनै छ, तर यो सरकारले काम चलाउ सरकारको रुपमा आफूलाई अझै स्वीकारेको छैन्, सरकारले विधि पद्धति मिचेको छ, म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’– गुङले भन्नुभयो ।
सदनलाई बिजनेश नदिएको भन्दै उहाँले सरकारको कडा आलोचना गर्नुभयो ।
सरकारले यो सदनलाई के गर्न चाहेको छ भन्ने गम्भीर प्रश्न उठेको पनि देवले बताउनुभयो ।
‘सरकारले देशलाई मध्यावधि निर्वाचनतर्फ डोर्याएको छ, ताजा जनादेश भनेको के हो ? संविधानले त पाँच–पाँच वर्षको चुनाव मात्र चिनेको छ, बीचमा हुने भनिएको चुनावले संविधानको मर्म र भावनामा ठेस पुग्छ’ – उहाँले भन्नुभयो । तोकिएको समय भन्दा अगाडि चुनाव भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देवले बताउनुभयो ।
सर्वाेच्चको फैसलाका कारण नेकपा विभाजन भएको उहाँले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस