काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ ।
परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक उपलब्धी उल्ट्याउने र देशलाई अराजकतामा धकेल्ने षड्यन्त्र भइरहेको उहाँको भनाइ छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज २० औँ जेलब्रेक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो सङ्घर्षका साथ स्थापित समावेशी, समानुपातिक प्रतिनिधित्वलाई खण्डित गर्ने प्रयासविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन सामान्य परिघटना नभएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले परिवर्तन नचाहने प्रवृत्तिले गडबडी गरेको स्पष्ट पार्नुभयो ।
एकजुट भएर जनताबीचमा जाँदा जस्तोसुकै षड्यन्त्रलाई पराजित गर्न सकिन्छ भन्ने तथ्य पछिल्ला दिनमा स्थापित गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “यतिबेला पनि हामीले शान्तिपूर्ण रुपमा जनयुद्ध नै गरिरहेका छौँ । हामी अझै एक ढिक्का भएर आन्दोलनमा गयौँ भने जनविरोधी प्रवृत्तिलाई परास्त गर्न सक्छौँ ।”
संविधान, लोकतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनः एकपटक सङ्घर्ष जरुरी रहेको भन्दै अध्यक्ष दाहालले यतिबेला पनि परिवर्तन चाहने र नचाहनेका बीचमा सङ्घर्ष जारी रहेको बताउनुभयो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनका लागि आजै मात्र आफूहरूले निवेदन दिएको जानकारी दिँदै अध्यक्ष दाहालले रिट निवेदकले माग्दै नमागेको विषयमा गरिएको निर्णयमा पुनरावलोकन हुने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा(एमाले) र माओवादी केन्द्रबीच एकता भई तीन वर्ष अगाडि बनेको नेकपालाई तिमीहरू आ–आफ्नैतिर लाग भनेर गरिएको फैसलालाई उहाँले विचित्रको संज्ञा दिनुभयो । केही विषयमा सर्वोच्चले आफ्नै फैसलाको पुनरावलोकन गरेको भन्दै उहाँहरूले फागुन २३ को फैसला पुनरावलोनक हुने अपेक्षा गर्नुभयो ।
फागुन ११ गते भएको फैसलाको विपरीत पछिल्लो पटक भएको निर्णय आफँैमा मिल्दो नभएकाले त्यो सच्चिने उहाँको भनाइ छ । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले जनयुद्धका कारण नै राज्यका हरेक निकायमा महिलाको उचित प्रतिनिधित्व भए पनि अझै त्यो पुग्दो नभएको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेतृ पम्फा भुसाल र गोरखा जेल ब्रेकका कमाण्डर कमला नहर्कीलगायतले परिवर्तनको प्रक्रिया रोक्ने खोज्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताउनुभयो । ठीक २० वर्ष पहिले चार महिलाले गोरखा जेल ब्रेक गरेर नयाँ इतिहास कायम गरेको दिनको स्मरणमा हरेक वर्ष चैत १७ गते जेल ब्रेक स्मरण गर्ने गरिएको नहर्कीले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस