काठमाडौं-एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेको आजको राजधानी दैनिकले समाचार छापेको छ।
नेता नेपालले ओली आफंैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने समाचारमा जनाइएको छ।
समाचार अनुसार ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेता नेपालले जनाए । संगठनलाई शसक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै उनले त्यसका लागि नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
यसैबीच अर्का नेता रावलले ओलीको कारबाहीलाई ‘निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जाजमार्फत कारबाही खारेजीको मागसमेत गरेका छन् ।
‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको सो निर्णयको भत्र्सना गर्दैै पूर्णरूपमा अस्वीकार गर्दछु,’ उनले भनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस