ठमाडौं-आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएको छ । आजबाट सीमित रुपमा वितरण थालिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)को पुरानै पाइपबाट आजबाट सीमित ठाउँमा पानी वितरण थालेको हो ।
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण थालिएको मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जानकारी दिएको छ ।
आज चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजुमा पानी छाड्ने तयारी भएको आयोजनाले जनाएको छ । चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाड्ने योजना रहेको छ ।
अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा भने पाइलट प्रोजेक्टका रुपमा आजबाट चौबिसैघण्टा पानी दिइन थालिएको छ ।
केयूकेएल अन्तर्गत काठमाडौं उपत्यकामा एक लाख ८० हजार धारा छन् । वितरण थालिएको क्षेत्रमा कहाँकहाँ चुहावट हुन्छ भन्ने केयुकेएलले निरन्तर अनुगमन गर्ने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस