सर्लाही- यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् ।
चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ । डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन् । लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताउनुभयो । तामाङका अनुसार बस्ती छेउमा डढेलो आउन खोज्दा स्थानीयवासी आफैँले निभाए पनि जङ्गलमा फैलिएको डढेलो निभाउन भने कसैले पनि चासो देखाएका छैन ।
डढेलोले सानाठूला रूखबिरुवा जलेर खरानी भइरहेका छन् । वन तथा वन्यजन्तु विज्ञले वन क्षेत्रमा यसरी वर्षेनि डढेलो लाग्ने भएकाले सामान्य जस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनाका साथै वातावरणमा समेत गम्भीर असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वनमा डढेलो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले शिकार बढेको छ । वनका कर्मचारीले मात्रै डढेलो निभाउन सम्भव नभएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताउनुभयो । डढेलो लगाउँदा घाँसपातको पालुवा चाँडो पलाउने गलत सोचाइ राखेर गोठाला तथा स्थानीय बासिन्दाले नै वनमा डढेलो लगाउने गरेको उहाँको भनाइ छ । प्रमुख देवले डढेलो लाग्न नदिन स्थानीय बासिन्दालाई वर्षेनि सञ्चारमाध्यमबाट सचेत गराउँदै आइरहेको बताउनुभयो ।
उल्लेखित वनमा फागुनदेखि नै डढेलो लाग्न शुरु गरेको भए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । सो क्षेत्रबाट निरन्तर वनजन्य वस्तु तथा वन्यजन्तुको शिकार पनि भइरहेको वन कार्यालयका कर्माचारीहरू नै स्वीकार्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस