हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।
हिमाली पदयात्राका लागि दिनहँु आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो । जिल्लाको भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरीका साथै पर्यटन प्रहरीसमेत परिचालन भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । यात्राका क्रममा कुनै असहज स्थानमा नजान र सुरक्षा आवश्यक पर्नासाथ नजीकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवामा खबर गर्न पर्यटकलाई आग्रह गरिएको छ ।
३८ अपराध मुद्दा
यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लाभित्र भएका अपराधलगायत घटनाको विवरण सार्वजनिक भएको छ । जिल्लामा ३८ घटना भएको र ती सबैको मुद्दा कानूनी दायरामा पु¥याउन नेपाल प्रहरी सफल भएको छ ।
कानूनी दायरामा लगिएका मुद्दामा भवितव्य ज्यान दश, आत्महत्या पाँच, बहुविवाह र सवारी ज्यान तीनतीन, फुटकर ज्यान दुई, जबर्जस्ती करणी, करणी उद्योग र शरीर बन्धक कर्तव्य ज्यान एकएक तथा अन्य सार्वजनिक अपराध १२ छन् । करीब ४३ हजार जनसङ्ख्या रहेको जिल्लामा सुरक्षा व्यवस्था मजबुत पार्न मातहतको चौकीलाई थप सजग गराउनाका साथै अलावा विशेष गस्तीसमेत अगाडि बढाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यस्तै कोभिड– १९ को प्रभाव शून्यमा झरेसँंगै पासाङ्ल्हामु राजमार्गमा बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापन मजबुत पारिएको र नक्कली इजाजतपत्र बनाई सवारी चलाउनेमाथि निगरानी बढाइएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले बताउनुभयो ।
हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठूलो सवारी साधन गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पासाङल्हामु राजमार्गमा एसी तथा डिलक्स बस यातायात कार्यालयको दर्ताविना सञ्चालन गरेको पाइएकाले नियमानुसार प्रक्रिया पूरा गराउन एक महिनाको समयावधि प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस