काठमाडौं-संयुक्त राज्य अमेरिकाको भर्जिनियामा रहेको सरकारी भवनमा घटेको गोलीकाण्डमा १२ जना मारिएको रोयटरले जनाएको छ |
घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै संकाश्पद एकजना मारिएका छन् |
प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाएका थिए।
गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।
सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।
घटना भएको क्षेत्रमा कैयौँ सरकारी भवन छन् र घटनाबारे प्रकाशमा आएपछि प्रहरीले घेरा हाली कर्मचारीहरूलाई निकालेका थिए।
प्रहरी प्रमुख जेम्स सेर्भेराले बन्दुकधारीले प्रहरीमाथि पनि गोली चलाएपछि जवाफी प्रहारमा आक्रमणकारी मारिएको बताए।
बन्दुकधारीले एक्लै घटना गराएको प्रहरीको विश्वास छ।
भर्जिनिया बीच सिटी भर्जिनिया राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो। त्यहाँको जनसङ्ख्या चार लाख चालीस हजार छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस