गण्डकी – नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराको आयोजनामा चैत १ गतेदेखि जारी मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रा आज सम्पन्न भएको छ ।
पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले उक्त क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरेको हो ।
मर्दी हिमाल पदयात्राको गन्तव्यस्थलमध्येको माछापुच्छ«े गाउँपालिकाको सिदिङमा आज पदयात्राको समापन कार्यक्रममा वक्ताले पर्यटकीय नगरी पोखराबाट अत्यन्त नजिक रहेको यस पदयात्रा मार्गको आफ्नै विशिष्टता भएको बताउँदै यसको संरक्षण, प्रवद्र्धन र विकासमा सरोकारवाला सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्निप्रसाद कँडेलले पोखराबाट छोटो समयमा हिमालमा पुग्न सकिने मर्दी पदयात्रा मार्गको आफ्नै विशिष्ट महत्व रहेको बताउनुभयो । यस पदमार्गको दिगो विकास आवश्यक रहेको बताउँदै उहाँले यसका लागि सम्बद्ध सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले पदयात्रामा प्रयोग गरिने सामग्रीको परिचयात्मक प्रयोग सम्बन्धमा पनि पदयात्रा उपयोगी बनेको बताउँदै यस क्रममा यस क्षेत्रको भ्यु प्वाइन्टदेखि हाइक्याम्प, बादलडाँडा, लो क्याम्प हुँदै सिदिङसम्म सरसफाइसमेत गरिएको जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले यसको निरन्तर प्रवद्र्धन आवश्यक भएकामा जोड दिनुभयो । मर्दी हिमाल पदयात्रा मार्गको फोरेष्ट क्याम्पमाथि बस्ती नरहेका कारण यसलाई उत्कृष्ट पदमार्गका रुपमा बढाउन सकिने उहाँले बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका सचिव एवं ट्रेकेस प्याराडाइज मर्दी हाइक्याम्पका सञ्चालक सुदीप गौतमले मर्दी पदयात्रा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको बताउँदै यसको दिगो विकासका साथै वातावरणीय सुन्दरतालाई जोगाउनु आवश्यक भएको बताउनुभयो ।
माछापुच्छ«े गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले कोरोना कहरका समयमा पनि सुरक्षा मापदण्ड कायम गर्दै मर्दी पदयात्रा सञ्चालन गरिएको बताउँदै यसको संरक्षण र विकासलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
टेसा पोखराका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नवराज अधिकारीले पदयात्रा क्रममा मर्दी हाइक्याम्प हुँदै भ्युप्वाइन्ट र मर्दी आधार शिविर जस्ता क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गर्दै त्यहाँका विविध सम्भावना एवं चुनौती सम्बन्धमा जानकारी लिइएको बताउनुभयो ।
कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले मर्दी पदयात्राले यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर गर्नुका साथै यसको दिगो विकासका लागि महत्वपूर्ण जानकारीसमेत हासिल भएको उल्लेख गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस