सोल – पुर्वाञ्जल सरोकार समाज कोरियाको प्रथम अधिवेशन आउँदो नोभेम्बर २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे गर्ने भएको छ। पुर्वान्चल सरोकार समाज कोरियाको तदर्थ समितिको नोभेम्बर १३तारिख सिओलमा बसेको बैठकले “पुर्वान्चल सरोकार समाजको सामुहिक लगानीको अभियान,आर्थिक विकास र समृद्ध नेपाल हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन आउँदो २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे उदघाटन गर्ने निर्णय गरेको हो । पुर्वान्चल सरोकार समाज कोरियाका सल्लाहकारहरू,पुर्वान्चल क्षेत्रका विभिन्न क्षेत्रीय र जतिय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू को उक्त बैठकमा उपस्थिति रहेको थियो । प्रवासमा रहेका नेपालीहरूको बिचमा सहयोग, सहकार्य र एकता गर्दै विदेशमा सिकेको ज्ञान,सिप र कमाएको पुंजी लाई स्वदेशमा सामुहिक लगानी गर्दै विकास तथा रोजगारीको अवसरहरू सृजना गर्ने भन्ने उद्देश्यले केहि समय अघि यस संस्थाको स्थापना भएको थियो। प्रथम अधिवेशन उद्घाटन समारोहमा कोरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रतिनिधी,ब्यबसायी,बिद्यार्थी,बुद्धिजीवी,खेलाडी,पत्रकार लगायत सक्रिय संघ संस्थाहरू,प्रतिष्ठित व्यक्तित्वहरू,विभिन्न पेशा र व्यवसायमा आबद्ध पूर्व मेची देखि पश्चिम महाकाली तथा उत्तर हिमाल देखि दक्षिण तराई मधेस सम्मका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरूलार्इ अतिथिको रूपमा गरिमामय उपस्थित जनाइदिनु हुन हार्दिक अनुरोध गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस