खोटाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् ।
पार्टी अनुशासन समितिका संयोजकसमेत रहनुभएका नेता आङ्देम्बेले मुलुकमा सिर्जना भएको पछिल्लो राजनीतिक गतिविधिका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सङ्कटमा परेको र दलहरुबीच नयाँ सरकार गठनका लागि छलफल भइरहेपनि काँग्रेस अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका हुन् ।
नेपाल प्रेस युनियन खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले सरकारमा जान हतार नगर्ने पनि स्पष्ट पारेका छन् । “पाँच वर्षसम्म प्रतिपक्षमा बस्ने जनताले म्यान्डेट दिएको छ”, उनले भने, “देशमा सङ्कट उत्पन्न भएको खण्डमा देशलाई निकाश दिनका लागि कांग्रेसले सरकारको नेतृत्व लिनेछ ।”
नेता आङ्देम्बेले सरकारको नेतृत्व गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को रुपमा छुट्टयाएपछि वर्तमान राजनीतिक सङ्कट गहिरिएको बताए । “सङ्कट टार्न काँग्रेसले भूमिका खेल्नु पर्ने बाध्यता आइपरेको छ”, उनले भने, “यसका लागि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गरेर अगाडि बढिनेछ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस