कोलम्बो – श्रीलङ्काका सवै विद्यालयहरू आगामी अप्रिलदेखि खुल्ने भएका छन् । स्थानीय सिन्हला र तमिल समुदायको नयाँ बर्षपछि मात्रै सवै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने ठानेर १९ अप्रिल देखि सुरु गर्ने निर्णय भएको हो ।
शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको सोमबार जानकारी दिनुभयो ।
कोरोनाभाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरु बन्द गरिएको थियो ।
कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्चालन गरिएको छ भने अरु कक्षा अप्रिल १९ देखि सुरु हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।
विद्यालयहरु सवै खोल्नु अगाडि सवै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पुरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सवै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।
श्रीलङ्कामा कोरोनाभाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ५२७ जनाको मृत्यु भएको छ । महामारी नियन्त्रणका लागि देशमा अहिले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान पनि सुरु गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस