हुम्ला – हुम्लाको दुर्गम बस्तीमा पर्ने नेक्पा बस्तीमा बर्षेनी रुपमा खर तथा माटाले छाएकाा छाना हटाउने क्रम बढ्दै गएको छ । स्थानीयले मुख्य आम्दानीको श्रोत जडिबुटी संकलनबाट कमाईमा बृद्धि हुदा स्थानीयका खरका छाना विस्थापन गर्दै जस्तापाताको छाना छाउन सफल हुन भएको हो ।
निक्कै दुरदराजको चंखेली गाउँपालिका वडा नम्बर ५ को नेक्पा बस्तीमा यसअघि घरमा छाउने गरिएका खर तथा माटाका छाना बिस्थापन हुने क्रम जारी रहेको स्थानीय बुद्धि तामाङले बताउनभयो । यो कसरी सम्भव भयो त भन्ने जिज्ञासाका तामाङले गाउँमा अन्न उत्पादन राम्रै हुने भएपनि अन्य कमाईको स्रोत जडिबुटी भएपछि गाउँमा जस्तापाताका छाना छाउन सफल भएको उहाँले बताउनुभयो । सिजनमा घरका काम गर्न सक्ने सबै जना जडिबुटी संकलन गर्न जाने भएप्छि कमाई पनि राम्रो हुने गरेको छ ।
अर्का स्थानीय भिम तामाङले जडिबुटी कै कमाईबाट घरमा यसअघि रहदै आएको खरको छाना फेर्न सफल भएको बताउनुभयो । उनको परिवारले वर्षमा जडिबुटीबाट मात्र १२ देखि १ं५ लाख कमाई गर्दे आउनु भएको छ । यसवाट घरको छाना फेर्न सफल भएको उहाँले बताउनुभयो । नेक्पा गाउँका जो कोही स्थानीयलाई कमाईको कुरा उठ्ने बित्तिक्कै जवाफ आई हाल्न जडिबुटी भनेर । हालसम्म मोबाईल सेवाको समेत पहुँच हुन नसकेको नेक्पा गाउँमा आम्दानीमा आएको बृद्धिसँगै आधुनिकता समेत भित्रिन थालेको छ । घरको आम्दानी राम्रो हुने भएपछि पढे लेखेका युवायुवती अध्ययन कैै लागि सदरमुकाम सिमकोट र जिल्ला बाहिर पनि जान थाल्नु भएको छ । सरकारी जागिरमा बिरलै पहुँच भएका नेक्पावासीका लागि गतिलो आम्दानीको श्रोत जडिबुटी भएको छ । खरका छाना विस्थापन भएसँगै आगलागी र चोरीको समेत चिन्ता स्थानीयमा हटेको छ ।
वडा अध्यक्ष भैरव तामाङ पनि नेक्पामा परिवर्तन ल्याउन जडिबुटीको कमाईको महत्वपुर्ण योगदान रहेको बताउनु हुन्छ । ६६ घरधुरी रहेको नेक्पा गाउँमा ४६ घरधुरी दुई वर्षमा खरका छाना हटाएर जस्तापाता छाउन सफल भएको उहाँले बताउनुभयो । सत्तरी प्रतिशत घरका छानाहरु परिबर्तन भएकोले बर्खाको पानी र हिउदको हिउबाट समेत गाउँवासीलाई जोगिन सहज भएको छ । अब बाँकी रहेका बीस घरधुरी पनि खरका छाना हटाउने अन्तिम तयारीमा रहेको बताउदै अध्यक्ष तामाङले यो वर्षसम्म धेरै घरका छानामा परिबर्तन आउने बताउनुभयो ।
वर्षमा एक परिवारले कम्तीमा पनि जडिबुडीबाटै सातदेखि आठ लाख कमाई गर्ने गर्नु हुन्छ । शिक्षा र स्वास्थ्यमा केही सुबिधा गाउँमा पुगेको भएपनि अन्य धेरै कुरा राज्यवाट उक्त गाउँमा जान भने नसकेको बताउने उहाँले दुर्गमको कुरा सुनिदिन तीनै तहको सरकारसंग आग्रह समेत गर्नु भएको छ । वल्डंलिंकको एक लाईन इन्टरनेटबाट सञ्चार सम्पर्क गर्ने माध्याम रहेको नेक्पामा मोवाईल सेवा सञ्चालनमा छैन् । नेपाल टेलिकमको मोवाईल टावर बनाउने भएको तीन वर्ष भएपनि हालसम्म सो टावर निर्माण हुन सकेको छैन । काम बिशेषले बाहेक अन्य मानिसको समेत नेक्ता गाउँमा आवत जावत हुने गरेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस