वि.सं.२०७७ साल फाल्गुन २९ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि– औशी,२२ घडी ३८ पला, दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा,४४ घडी १९ पला,रातको १२ बजेर ०१ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–साध्य,०४ घडी ०२ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त शुभ । करण–नाग,दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ,बेलुकी ०५ बजेर ४० मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दिनमान २९ घडी ४१ पला । दर्शश्राद्ध, हलो तथा निशी बार्ने,पञ्चक ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बिद्यार्थीहरुका लागी आजको दिन फलदायी रहेकोछ भने प्रेममा गर्नेहरुका लागी समयले साथ दिनेछ । साझपख यात्रा हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारबाट राम्रो आम्दानी हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेकोछ । भूमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तरपनि अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिने भएपनि बाटोमा समस्या झेल्नु पर्ने हुन सक्छ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक वस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शरिर स्वास्थ्य नहुनाले काम गर्न असजिलो महशुष हुनेछ । साथ तथा समर्थन दिने साथिभाईहरुले असहयोग गर्नेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापारमा समय दिने व्यापारीहरुका लागी समय मध्ययम रहेकोले थोरै आम्दानिमा चित्त बुझाउनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले आशिंक साथ दिनेछ । साझपख समय राम्रो रहेकोले विवाद वा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगती गर्दै सफलता हात पार्न सकिनेछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अवसर प्राप्त भएपनि काम गर्न आट नआउदा अरुभन्दा पछी परिनेछ । पन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा मन गएपनि नतिजा भने अरुकै पोल्टोमा पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समउ उत्तम नहुन सक्छ । साझपख समय राम्रो रहेकोले छोटो दुरिको लाभदायक यात्राको तय हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानी बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन निकै नै मेहनेत गर्नु पर्नेछ । साझपख विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस