नयाँ दिल्ली – भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् ।
देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको यो विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिएका छन् ।
मन्त्रालयले साप्ताहिक रुपमा सार्वजनिक गर्ने गरेको विवरणअनुसार बिहीबार यो विवरण सार्वजनिक गरेको हो ।
खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेक्रम चलिरहेको छ । स्वास्थ्य सचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबादलगायतका क्षेत्रमा धेरै सङ्क्रमित रहेका छन् ।
महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी सङ्क्रमित सक्रिय अवस्थामै रहेको पनि उनले जानकारी दिए ।
“धेरै सङ्क्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,” उनले पत्रकार सम्मेलनमा भनेका छन् ।
त्यसैगरी मध्य प्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै सङ्क्रमित भएको प्रदेशमा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२६ सङ्क्रमितको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस