काठमाडौं-नेपाली समाजमा ब्याप्त अन्ध बिश्वासले बेला बेला पत्याउन नै गार्हो हुने गरि घटनाहरु घट्ने गरेका छन् | काठमाडौंबाट आज प्रकाशित मुख्य पत्रपत्रिकाहरुले धनुषा जिल्ला भएको घटनालाई विभिन्न शिर्षकमा प्राथमिकताका साथ समाचार छापेका छन् |
कान्तिपुर दैनिकले ‘अन्धबिश्वाशको पराकाष्ठा” शीर्षकमा लामो समाचार छापेको छ | उस्तै शीर्षकमा राजधानी दैनिकले अन्धविश्वासको पराकाष्ठा, शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि”भनेर समाचार छापेको छ भने अन्नपूर्ण पोस्टले ‘धामी बन्न बालकको हत्या शिर्षकमा छापेको छ |
समाचार अनुसार धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय छोरा समीरकुमार साहको हत्या गरिएको हो ।
हत्या गर्ने धनुषा जिल्ला मिथिला नगरपालिका-६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले आफ्नो घरको ढोकामा फूलको बोटनजिक खेलिरहेको अवस्थामा ती बालकलाई ललाइफकाइ अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका थिए ।
त्यसको भोलिपल्ट २४ वैशाखको राति २ बजेतिर चमेनिया माय भन्ने देवताका नाममा आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको प्रहरीले जनाएको छ ।
हत्यापछि महतोले बालकको शवलाई उनकै घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरुवासहितको खेतको झारीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस