वासिङ्टन – संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तीव्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ ।
लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो । विश्वमै सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका शुरुआती दिनहरुमा दैनिक तीन लाखसम्म पुगेको थियो ।
दैनिक संक्रमितको संख्यामा कमी र खोपको प्रयोग बढेसँगै अमेरिकाका धेरै राज्यले अनिवार्य मास्क लगाउने नियम हटाइदिएका छन् । तर राष्ट्रपति जो बाइडेनले यो सोचाई पुरातनपन्थी रहेको भन्दै आलोचना गर्नुभएको छ । राष्ट्रपति बाइडेनले आफ्नो १०० दिने कार्यकालमा १० करोड मानिसलाई खोप लगाइसक्ने घोषणा गर्नुभएको थियो । युरोपमा भने खोप अभियानमा ढिलाई भएको भन्दै आलोचना भइरहेको छ ।
युरोपेली औषधि नियामक निकायले रसियाले विकास गरेको स्पुतनिक भी खोपको सम्भावना बारेमा पनि अध्ययन भइरहेको जनाएको छ । यो खोप उपयुक्त देखिए युरोपमा स्पुतनिक भी खोपका लागि बाटो खुल्नेछ । रसियाले युरोपेली औषधि नियामक निकायले अध्ययन गर्ने जनाएसँगै आफूले युरोपका लागि तत्कालै ५ करोड डोज खोप उपलब्ध गराउन सक्ने बताएको छ ।
युरोपेली युनियनले यसअघि तीन किसिमका खोपलाई अनुमति दिइसकेको छ । तर केही मुलुकले आफूखुशी चीन र रसियाबाट खोप ल्याएर वितरण गर्न थालिसकेका छन् । युरोपमै खोप अभाव भएको जनाउँदै इटालीले अस्ट्रेलियातर्फ पठाउन लागिएको अस्ट्राजेनिकाको खोप लैजान रोकेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकाले युरोपेली मुलुकलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
अस्ट्रेलियाली स्वास्थ्य मन्त्रालयका प्रवक्ताले युरोपेली युनियनको निर्णयप्रति रोश प्रकट गरेका छन् । अस्ट्राजेनिकाले अस्ट्रेलियालाई २ लाख ५० हजार डोज खोप पठाउन लागेको थियो । विश्व स्वास्थ्य संगठनको युरोप शाखाले युरोपेली मुलुकमा कोरोना संक्रमण फेरि तीव्र हुन थालेको चेतावनी दिएसँगै युरोपमा खोपको महत्व र आवश्यकता अरु बढेको छ ।
सन् २०१९ को अन्त्यतिर चीनमा देखापरेको कोभिड–१९ को संक्रमणबाट हालसम्म २५ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस