काठमाडौं । विश्वमा हिन्दू धर्मलाई सबै धर्महरू भन्दा धेरै पुरानो मानिन्छ । पृथ्वीमा मानवको उत्पतिसँगै हिन्दू धर्मको इतिहास जोडिएका हुन सक्ने अनुमान गरिएको छ । यस धर्मलाई वेदकालबाट पनि पूर्वको धर्म मानिन्छ, किनभनें वैदिक काल र वेदहरूको रचनाको काल अलगअलग समयमा भएको मानिन्छ ।
तत्कालिन भारत तथा आधुनिक पाकिस्तानको सिन्धु घाटी सभ्यतामा हिन्दू धर्मका कतिपय निशानहरू पाइएका छन् । सोही तथ्यको आधारमा सिन्धु शब्दबाट अपभ्रम्श भएर हिन्दु शब्दको उत्पत्ति भएको पनि मान्यता रहि आएको छ ।
सिन्धमा एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपति आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पिपलको पूजा गरिने पाइएकको धर्मका खोज तथा अनुसन्धानकर्ताहरुले दर्शाएका छन् । हिन्दू ग्रन्थको गहिरो अध्ययन गर्दा संसारमा मानव मनुष्य सभ्यताको सुरुवात पनि नेपालको हिमाली भेगबाट भएको देखिन्छ ।
इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्ततिर मध्य एसियाबाट एक अन्य जातिको आगमन भयो, जुन स्वयम्लाई आर्य भन्ने गर्थे र संस्कृत नामको एक हिन्द यूरोपीय भाषा बोल्ने गर्थे ।
एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयम् आर्य भएका हुँदा हिन्दुहरुलाई हिन्दुहरुको मूलस्थान भारत उपमहाद्वीप नै भएको बताइएको छ ।
धार्मिक साहित्य अनुसार हिन्दू धर्म सम्बन्धी अन्य मान्यताहरु पनि रहेका छन् । ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्य र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् ।
आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले ।
पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए ।हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । सो मध्ये ९६ प्रतिशत दक्षिण एशियामा बस्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस