डोटी – सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक–कृषि प्रणाली शुरू हुने भएको छ । खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक–कृषि प्रणाली शुरूवात गर्न लागिएको हो । सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलले आज राजपुरमा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशमा प्राङ्गारिक–कृषि प्रणालीका लागि रु चार करोड बजेट विनियोजन गरी नौवटै जिल्लामा काम शुरु भएको निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा आलु खेतीमा प्राङ्गारिक–कृषि प्रणालीको थालनी गर्न लागिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।
विश्वमै रासायनिक विषादी प्रयोग बढ्दै जाँदा त्यसले विभिन्न खालको असर पारिरहेको हुँदा प्राङ्गारिक कृषि प्रणालीमा जोड दिन थालिएको हो ।
डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले पौष्टिक उत्पादन, वातावरण सन्तुलन, स्वास्थ्य सन्तुलन, माटोको गुणस्तर कायम गर्न सकिने, आम्दानी बढी लिन सकिने, स्थानीय श्रोत साधनको सदुपयोग गरी प्राङ्गारिक उत्पादनलाई ब्रान्डको रूपमा अगाडी बढाउन सकिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस