नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।
देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ ।
भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३७ प्रतिशत मात्रै हो ।
पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको र मृत्यु भएकाहरुको सङ्ख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ जना नयाँ सङ्क्रमित भएका छन् । तीमध्ये ८९.५७ प्रतिशत सङ्क्रमित सात प्रदेशका रहेका छन् ।
भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९१४ जना सङ्क्रमित भएको र कुल एक लाख ५६ हजार ७०५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस