सादरेको मासको दालमा,बिरौटाका मस्याङ
ढिलोहोला भन्दै अामा, गर्र्थिन हस्याङ फस्याङ
लप्सी काँक्रो मुला साॅधि,अचार बनाउँथिन।
ठेकाबाट स्याम्खा भरी,मोहि खन्याउँथिन।
टाटेसिमि मार्र्फा रायो,छुट्रटै हन्थ्यो साग
दुध घिउ नटक्राइ त,काॅ लाॅउथिन र भाग
बेल्कै हुन्थ्यो चाँजोपाँजो,आफ्नो काममा जान्थे।
खटन पटन बुढीमाउको, सवै जाहान मान्थे।
ठुलो बावु खर्च सरजाम, लिन बजार जानु
मिर्र्मिरेमा माइला साँइला,गोरू खेतमा लानु
काँइलो तिमि सिपालु छौ,तिम्ले गाडनु मियो।
पोहोर पनि कान्छो भाइले, गोरू खेदेको हो।
ठुलीछोरी बुहारी मिली,गर्र्नु ढिकी जाँतो
कान्छी छोरी बिहानै उठि,चिया पकाउनु तातो
सिमे भुमे देउ पितृलाइ,घिउको धुप हाल
गेडोमुठो जतन गर्र्नु , नत्र सह जाला
सफा लामो पराल भए, गुन्द्रीलाइ छाँटनु
झिनुवाको धानहो वावु,अाठदश फेरी झाँटनु
साना साना भारी हाल्नु,धेरै खेप गर्र्नु
सात पाथेको डालो हो यो,निम्ठो गरी भर्र्नु
रासकोबिचमा ठुलो ऑसि, फलफुल राख्नु
दाँइ सकेर दमेराले,बाँडिचुँडी चाख्नु
मंसिरका दमेरा हुन, गर्र्छन अर्र्म पर्र्म
गारो सारो दुख सुख,बाँडछन गाँउघरमा
भरिएको भकारीलाइ, लाँउथिन फेरी घेरो
दाँइ सकेसि भन्थिनअामा, मन अघायो मेरो
ऑउछ झल्को गाॅउघरको,सात समुन्द्र पारी
कस्तो भयो होला कठै,मेरो खेत बारी।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस