धनुषा – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको बताउनुभयो । “म न्यायमूर्तिलाई धन्यवाद दिन्छु, सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको छ”, उहाँले भन्नुभयो, “यो निर्णय नआएको भए नेपालमा जेपनि गर्न पाइने एउटा नजीर खडा भई विश्वसामु न्याय कानून नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।”
वरिष्ठ नेता पौडेलले न्यायालयले संविधानसम्मत ढङ्गबाट लिएको निर्णयले तानाशाह प्रवृत्तिको अन्त्य भएको बताउँदै अब केपी शर्मा ओलीलाई सत्तामा एक सेकेण्ड पनि रहने नैतिक अधिकार नभएकाले प्रधानमन्त्रीबाट तुरुन्त राजीनामा दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउनेदेखि प्राप्त उपलब्धिको रक्षासमेतको भूमिका खेल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस