क्वालालम्पुर – महिला र बच्चालगायत दर्जनौं रोहिंज्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएका अन्तर्राष्ट्रिय अधिकार समूह तथा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले सोमबार बताएका छन् ।
बङ्गलादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक समुदायका सदस्यहरूले असुरक्षित सामुद्रिक मार्गको प्रयोग गरी लामो डुङ्गा यात्रा गर्ने गर्छन् । यसरी सामुद्रिक मार्गमा लामो यात्रा गर्दा वर्षेनी सयौँ शरणार्थीले अकालमा ज्यान गुमाउने गरेका छन् ।
दुर्घटनाग्रस्त डुङ्गा ६५ महिला तथा बालबालिकासहित ९० जना शरणार्थी लिएर फेब्रुअरी ११ मा बङ्गलादेशबाट छुटेको एएफपीलाई प्राप्त विवरणमा बताएको छ ।
रोहिंज्याहरू चढेको डुङ्गालाई निगरानी गरेको अराकन प्रोजेक्ट नामक संस्थाका क्रिस लेवाका अनुसार डुङ्गा दुर्घटनापछि केही व्यक्ति लिएर पुनः समुद्रमा यात्रारत डुङ्गामा पानी र खाद्यान्न अभाव भएको र भारतको अण्डामान तथा निकोबार टापू नजिकैको समूद्री तटमा बगिरहेको छ ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले घटनामा छ महिला तथा दुई पुरूषले ज्यान गुमाएको पुष्टि गरेको छ । भारतीय समुद्री अधिकारीहरू घटना लगत्तै हाल यस क्षेत्रमा आइपुगेका उनीहरूले आप्रवासीहरूलाई अत्यावश्यक खाद्यान्न तथा अन्य सामान आपूर्ति गरेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस