काठमाडौँ – देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको हो ।
सरकारले चालू आर्थिक वर्षमा छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तीमध्ये सङ्घीय सरकारले ९०, प्रदेश सरकारले १६ र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । तीनवटै तहले निर्माण गर्नुपर्ने झोलुङ्गे पुलमध्ये गएको माघसम्म २२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी ३७९ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
यस वर्ष निर्माण गर्नुपर्ने छ सय झोलुङ्गे पुलमध्ये स्थानीय तहले १९० र सङ्घीय सरकारले ३० वटा झोलुङ्गे पुल निर्माण गरिसकेका छन् । प्रदेश सरकारले निर्माण गर्नुपर्ने सबै पुल निर्माणाधीन अवस्थामा रहेको विभागका प्रवक्ता अशोककुमार साहले जानकारी दिनुभयो । देशैभर तीनवटै तहले निर्माण गरेका पुलको अवस्था मूल्याङ्कन गर्दा अहिले दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भएका छन्”, उहाँले थप्नुभयो, “मासिक ५० देखि ६० वटा र यो वर्ष छ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेका छन् ।” माघसम्म स्थानीय तहअन्तर्गत निर्माण सम्पन्न भएका पुलमा प्रदेश १ मा १९, प्रदेश २ मा ६, बागमतीमा २५, गण्डकीमा ६२, लुम्बिनीमा २४, कर्णालीमा ३१ र सुदूरपश्चिममा २३ गरी १९० वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । त्यस्तै सङ्घीय सरकारले २४ झोलुङ्गे पुल निर्माण गरेको छ ।
त्यस्तै सङ्घीय सरकारबाट यस वर्ष निर्माण गर्नुपर्ने ९० पुलमध्ये हालसम्म प्रदेश १ मा सात, बागमतीमा पाँच, गण्डकीमा १२, लुम्बिनीमा दुई र कर्णालीमा चार गरी ३० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । एक सय २० मिटरभन्दा कम दूरीका स्थानीय र प्रदेश सरकारले र सोभन्दा माथिका सङ्घीय सरकारले पुल निर्माण गरेका हुन् । चालू आर्थिक वर्षमा छ सयवटा पुल निर्माणका लागि सरकारले पाँच अर्ब तीन करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । गत आर्थिक वर्षसम्म देशभरमा तीनवटै तहबाट गरी आठ हजार ५५२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् ।
नदी, खोल्साखोल्सीका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भएको, हाट बजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको साहले बताउनुभयो ।
विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले देशभर निर्माण भएका झोलुङ्गे पुलले स्थानीय बासिन्दाको सामाजिक एवं आधारभूत स्वास्थ्य सेवा, अवसर र स्रोतमा पुहँच अभिवृद्धि भएको बताउनुभयो । “देशैभर धमाधम निर्माण भएका झोलुङ्गे पुलले कठिन यात्रा गर्दै आएका नागरिकलाई आवागमनमा सहज भएको छ”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएका झोलुङ्गे पुलले गाउँमा विकासको नौलो आयाम थपेको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस