सम्मानीय राष्ट्रपति ज्यू ,
छङ्गह्वादे, सोल |
नमस्कार ,
म रोजगार अनुमति प्रणाली मार्फत नेपालबाट कोरिया काम गर्न आएको नेपाली नागरिक हुँ । अहिले छनानको एक कम्पनीमा कार्यरत छु । हामी प्रवासी श्रमिकहरुले कोरिया आएपछि रोजगार अनुमति प्रणालीका कारण कार्यस्थल परिवर्तन गर्न नपाउनु सबै भन्दा ठुलो समस्या हो । रोजगार अनुमति प्रणालीका खराव नीतिका कारण प्रवासी श्रमिकले कुट्पिट गाली गलौच अभद्र व्यवहारकको सामना गर्न नसकेर आत्महत्या गर्ने प्रवासी श्रमिक पनि धेरै छन ।
राष्ट्रपति ज्यू,
प्रवासी श्रमिकलाई कार्यस्थल परिवर्तन गर्न नदिएका कारण रोजगारदाताले दास बनाएर जवर्जस्ती काम गराउछन । कार्यस्थल परिवर्तन गरिए दिएबाफत ५० औ लाख वन लिने रोजगारीदाता पनि छन । ३ बर्षमा ३ पटक कार्यस्थल परिवर्तन गर्न पाईने भनिए पनि रोजगारदाताले अनुमति दिएन भने फेर्न पाईदैन ।त्यहि भएर भिषाबिहिन भएर बस्ने प्रवासी श्रमिक पनि धेरै छन । हामि प्रवासी श्रमिक कोरियामा दास बनेर बस्न आएका होइनौ हाम्रा पनि कोरियनहरु जस्तै प्यारो परिवार छन । पहिला कोरियनहरुले आर्थिक स्थिति कमजोर भएका कारण साउदी र अन्य देशमा काम गर्न गए जस्तै हामी पनि आर्थिक स्थिति कमजोर भएका कारण कोरिया काम गर्न आएका हौ । तापनि कोरियन सरकारले हामीले पाउने तलब कटौती गर्न बिभिन्न तरिका अपनाई राखेको छ । प्रवासी श्रमिकको खाने बस्ने बापत २०% रकम न्यूनत्तम तलबबाट रोजगारदाताले कटौती गर्न पाउने निर्देशिका श्रम मन्त्रालयले लागु गरेको छ | ट्वाइलेट बाथरुम समेत नभएको फिनिल हाउस र गोदाम घरमा आवास दिएर जवर्जस्ती लाखौ वन कटौती गर्ने गरिन्छ । रोजगारदाताले न्युनतम ज्याला काम गरे बापतको उचित रकम पनि प्रवासी श्रमिकलाई दिने गरेका छैनन ।
राष्ट्रपति ज्यू,
प्रवासी श्रमिक जस्तै मैले पनि सुरुमा कोरिया आउदा इन्छनको एक कम्पनीमा दैनिक गालि र कुटपिटको सिकार भएको थिएँ। कम्पनीमा सङगै काम गर्ने कोरियनले एक साथमा खाना खान मन पराउदैनथ्यो भने कम्पनी पार्टीमा पनि हामी प्रवासी श्रमिकलाई समावेस गराएनन् । कम्पनीमा आफुभन्दा सानो उमेरको बच्चानै भएपनि प्रवासी श्रमिकलाई तुच्छ भावनाले काम लगाउने गरे । अहिले पनि हामी प्रवासी श्रमिकलाई रोजगारदाताले अपराधी सरह व्यवहार गर्ने गरेका छन् | छालाको बर्ण कालो या गरिब भए पनि हामी पनि उस्तै मान्छे भएका कारण भेदभाव नगर्न अपिल गर्दछौ । हामि प्रवासी श्रमिक कोरियामा कोरियनले गर्न नमाने कठिन काम गरिराखेका छौ । तसर्थ हामीलाई श्रमिकको रुपमा ब्यबहार गरियोस |
राष्ट्रपति ज्यू,
पैसा कमाउन भनेर मेहनत साथ काम गरिरहेका हामी प्रवासी श्रमिकहरु ग्रामीण भेगमा कृषिमा प्रत्येक दिन १८ घण्टा गरेर पनि उचित ज्याला नपाउने अवस्था पनि छ । रोजगार अनुमति प्रणालीबाट आएका हामी कार्यस्थलमा बिरामि हुदा पनि बिरामी भन्न पाउदैनौ । र सहजै अस्पताल जान पनि पाइदैन रोजगारदाताले जवर्जस्ती काम लाउछ । कोरियामा एक बर्ष काम गरे यन्छा सुदाङ पाउने नियम छ । हामी प्रवासी श्रमिक भने सुदाङ पनि पाउन्दैनौ र यन्छा बापत बिदा बस्न पनि पाउदैन ।
राष्ट्रपति ज्यू,
कोरियामा कडा परिश्रम गरिरहेका हामी प्रवासी श्रमिकहरु काम गर्ने स्थानमा वा कोरियाली समाजमा भेदभावको शिकार नहुन भेदभाव निषेधित कानुन र कार्यस्थलमा समस्या आइलागेमा रोजगारदाताको अनुमति बिना कार्यस्थल परिवर्तन गर्न पाउनका लागी रोजगार अनुमति प्रणालीलाई परिवर्तन गरि कार्यभिषा प्रणाली (Wps) लागु गरिदिनुहोस ।
मधुसुदन ओझा
नेपाल, हाल दक्षिण कोरिया
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस