भरतपुर – जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् ।
खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उनले भने, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”
कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहेका कर्ण अहिलेसम्म डेरामा थिए । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उनमा खुसीको सीमा छैन । उनले भने, “यो उपहार मेरा लागि अमूल्य छ ।”
२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो ।
आजीवन शिक्षण पेसा अवलम्बन गरेेेका कर्ण सरले अहिले विद्यालय त छोडे तर पूर्वविद्यार्थीको मनबाट भने उनी बाहिरिन सकेेेेनन् । फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाए ।
पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।
“जीवनभर अर्काको घरमा बसेर हामीलाई पढाउनुभयो तर जीवनको उत्तराद्र्धमा पनि अरूकै घरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न घर बनाइदिएका हौँ”, उनले भने, “विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमावती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गामा पक्की घर बनाइदिएका हौँ ।”
कर्ण झन्डै ४० वर्ष मदनबहादुर ढुङ्गानाको घरमा डेरा बस्ने उनलाई ढुङ्गाना परिवारले पनि कहिल्यै भाडा लिएन । ढुङ्गानाका छोराछोरीसमेत सोही विद्यालयमा पढ्ने र साँझबिहान घरमा पनि कर्ण सरले नै ट्युसन पढाइदिने भएकाले पनि डेराको भाडा कहिल्यै तिर्नु नपरेको बताइएको छ । गुरुदक्षिणाका रूपमा प्राप्त गुरु आवास बनाउन १५४ जना पूर्वविद्यार्थीले १० हजार देखि दुई लाख रुपियाँसम्म सहयोग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस