काठमाडौँ – नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ । सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ ।
केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिकालाई बुधबारको कार्यसमितिमा पेस गरिने जानकारी दिएका छन् । यसैबीच काँग्रेसले बैतडी जिल्लाको डिलासैनीमा काँग्रेसको कार्यक्रम भइरहेकोे समयमा मङ्गलबार गरिएको आक्रमणको निन्दा गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस