भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताएका हुन् ।
निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरेका छन् । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । “बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्”, पूर्वप्रधानमन्त्री दाहालले भने ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भने,“प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।” पत्रकारका एक प्रश्नमा उनले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिए ।
भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उनले दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस