सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सत्तारुढ वकर्स पार्टिको अधिवेशनका क्रममा आर्थिक बृद्धि लक्ष हासिल गर्नका लागि कडा कानुनी नियन्त्रण नियम ल्याइने बताएका छन् । महिनौ सम्म चलेको पार्टिको अधिवेशनका क्रममा किमले उक्त कुरा बताएका हुन् ।
पार्टिको आठौँ स्थायी समिति बैठक अन्तरगत आर्थिक योजना समितिको बैठकको तेश्रो दिनको सभामा बोल्दै नेता किमले आर्थिक विकासका लागि नयाँ कानुनी प्रावधान ल्याइने बताउदै उक्त योजना सफल बनाउन विशेष कार्यदल समेत गठन गरेको बताएका छन् । उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार किमले अब आर्थिक बृद्धि लक्ष हासिल गर्न कानुनी प्रावधानहरु लागु गर्न निर्देशन समेत दिएका छन् ।
बैठकका क्रममा नेता किमले देशका हरेक तह र तप्कामा भइरहेका गैरकानुनी कार्यको ब्यापक छानविन गरि देशभरबाट आर्थिक बृद्धिको नयाँ आयाम सुरु गर्न निर्देशन समेत दिएका छन् । उनले कार्यपालिकालाई उक्त विषयमा शशक्त रुपमा काम गर्न समेत निर्देशन दिएका छन् ।
उक्त बैठकका क्रममा किमले गत आर्थिक योजना असफल हुनुका कारणहरु बारे चर्चा गर्दै नयाँ आर्थिक योजना समेत सार्वजनिक गराएका छन् । उनले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई थप मजबुत बनाउन आत्मकेन्द्रीत आर्थिक निति अवलम्बन गर्नुपर्ने समेत बताएका छन् ।
किमले यस बर्ष मात्र एकै एजेन्डामा छलफल गर्न बोलाएको यो दोश्रो पार्टी स्थायी कमिटि बैठक हो । उनले बैठकमा मुख्य मुद्धामा मात्र छलफल गर्न निर्देशन समेत दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस