काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी किनबेच गर्ने ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गर्नेमा कलंकी मालपोत कार्यालयका अधिकृत शिवप्रसाद रिमाल, नायव सुब्बा हरीप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङका कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्र्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
त्यस्तै, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
काठमाडांै बाडभन्ज्याङ–३ मा रहेको कित्ता नम्बर १०१ क्षेत्रफलको ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा गैरकानुनी रूपमा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस