काठमाडौं – युरोपेली यूनियनले युरोपमा बनेको कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
यो प्रतिबन्धले बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित एक सय मुलुकहरू प्रभावित हुनेछन् । तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन् । नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्न ऊसँग अनुमति लिनुपर्नेछ।
ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताउनुभयो । एस्ट्राजेनेकासँग विवादमा उत्रिएको ईयूमाथि खोप वितरणको सुस्त गतिका कारण दबाब छ ।
यस्तै सम्झौता अनुरूप मार्चसम्म उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ । फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कारण खोप आपूर्तिमा ढिलाइ भएको जनाएको छ ।
ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभए अन्य मुलुकमा निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकार ईयूसंग छ । विश्व स्वास्थ्य सङ्गठनले भने ईयूको कदमको आलोचना गर्दै यसको असर विश्वभर पर्ने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस