दोलखा – माघ १४ गते बुधबार पहिलो दिन दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेका छन् ।
सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बिरामी पर्न थालेका हुन् ।
बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्। ‘बिरामी पर्न थालेको जानकारी प्राप्त भएको’ जनाउँदै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार भने, ‘सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नुपर्ने बिरामी भएका छैनन् ।’
‘भ्याक्सिन लगाउने भनेको भाइरस नै शरीरमा पठाउने भएकोले केही असहज त भैहाल्छ’ स्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘कतिपय अवस्थामा खोप लगाएकाहरुलाई कोरोना रोगकै जस्तो लक्षण पनि देखिन सक्छ ।’ एक महिला स्वास्थ्य स्वयंसेविकाले टेलिफोनमा भनिन्, ‘भ्याक्सिन लगाएदेखि नै ज्वरो हन्हनी आएको छ, राम्रोसँग बोल्न समेत हुँदैन, पहिला पहिला सुनेको कोरोना लागेजस्तो भएको छ ।’
ती महिलाका अनुसार खोप लगाएका अरुसँग बुझ्दा अरुलाई पनि त्यस्तै लक्षण देखिएको छ । दुईदिनसम्म लगाइसकिएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो ।
बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको बताए ।
पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए । ५ मिलिमिटरको एक डिब्बा कोभीसिल्ड भ्याक्सिन १० जनालाई लगाइने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस