दुर्गामान तामाङ ईपिएस रोजगार प्रणाली अन्र्तगत सन २०१२ मा कोरिया प्रवेश गरे । हाल छल्लाबोक्दो मुजु स्थित संगहान भन्ने ठांउमा उत्पादनमुलक क्षेत्रमा काम गर्दैं आएका उनले नेपालमैं ब्ल्याक बेल्ट फस्ट डान हासिल गरे ।
तामांगले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि राती ९ बजे देखि १० बजे सम्म ईन्छ्नस्थित यन्मु डोजाङमा ३वर्ष तालिम समेत प्राप्त गरि सकेका उनले सन् २०१२ मा दोस्रो डान र सन् २०१४ मा तेस्रो डान समेत प्राप्त गर्न सफल भए ।काभ्रे काशीखण्ड नगरपालिका २ मा बुबा नरबहादुर तामाङ र आमा सुन्तली तामाङको एक्लो सन्तान दुर्गामानले २०६४ बाट तेक्वान्दो खेल्न थालेका हुन् ।
कोरियाको मुजुमा जुलाई ७ देखि १९ सम्म सञ्चालित १० औं विश्व तेक्वान्दो कल्चर एक्स्पोमा२५ वर्ष देखी ३५ वर्षसम्मका विश्वका ३२ राष्ट्रका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालबाट नेपाली प्रशिक्षक अशोक खड्काको नेतृत्वमा तामाङले तेक्वान्दोको दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफल भए ।दुर्गामान तामांगसंग उनको खेल जीवन बारेमा ऐश्वर्य श्रेष्ठले गर्नुभएको अन्र्तवार्ता ।
तपाई तेक्वान्दोमा केहिलेबाट लाग्नु भयो ?
मैंले नेपालमा २०६४ बाट तेक्वान्दो खेल्न सिकेर ब्ल्याक बेल्ट फस्ट डन प्राप्त गरें ।
कोरियामा सन २०१२ मा आउनुभयो ईपिएसबाट कसरी अभ्यासको लागि समय निकाल्नुहुन्छ?
शुरुमा कोरिया आउने बेलामा त कहां परिन्छ केही थाहा थिएन् लक्किली मेरो बस्ने घर नजिकैं तेक्वान्दो डोजांग रहेछ । मलाई पनि तेक्वान्दो खेल्ने तीव्र ईच्छा थियो । मेरो डिउटी बिहान ८ बजेदेखि बेलुका ८.३० सम्म हुन्थ्यो ।त्यो क्लबमा बेलुका ९ बजेदेखि १० बजेसम्म ट्रेनिंग हुने रहेछ ।अनि मैंले यन्मु तेक्वान्दो डोजांगमा १२ घण्टा काम गरेर ३ बर्ष ईन्छनमा तालिम लिए ।
कोरियामा ३ बर्षको सिकाईबाट कस्तो ज्ञान हासिल गर्नुभयो ?
मैंले कोरियामा तेक्वान्दो सिकेर सबैं भन्दा ठुलो कुरा चाही हाम्रो नेपालमा ब्ल्याक बेल्ट पाएपछि तालिम सकियो भन्ने संस्कारमा हुर्किए तसर्थ त्यसपछि मैंले टे्रनिंग गरिन् ।जब कोरियामा तेक्वान्दो डोजांगमा गएपछि नेपाल र कोरियाको सिकाइको ठुलो भिन्नता पाए ।यहां त ब्ल्याक बेल्ट लिएपछि झन राम्रो तालिम गर्दा रहेछन् ।
तपाईले यस अघि पनि कोरियामा कुनैं प्रतियोगितामा भाग लिनुभएको थियो ?
गत बर्ष २०१५मा वल्र्ड तेक्वान्दो हानमादांगमा सहभागिता जनाएको थिए ।त्यो बेला आफनो ग्रेट भन्दा हाई लेभलको पुम्से सो रहेछ मैंले कुनैं पदक जित्न सकिन ।
तेक्वान्दो कल्चर एक्स्पो मा भाग लिने सोच कसरी बनाउनु भयो ?
सोच चाही हरेक कम्पिटिसनमा प्रतिस्पर्धा गर्न चाहन्थे तर यहांको विभिन्न समस्याले गर्दा सहभागी हुन गाह्रो ।यो बर्ष चाही मेरो आदरणिय गुरु अशोक खडका नेपालको प्रतिनिधित्व गरेर कोरिया आउनु भएको थियो सो मैंले उहांको टिमबाट खेल्ने मौंका पाए ।
यो प्रतियोगितामा भाग लिन कसरी छुट्टी मिलाउनु भयो ?
मैंले म्यानेजरसंग छुट्टी मागेर खेल्न गएको हुं ।
तपाईले जब दोस्रो हुनुभयो के प्रतिक्रिया पाउनुभयो म्यानेजरबाट ?
म्यानेजरले चाही सोध्यो दोस्रो भए भने कम्पनीमा काममा मात्र जोतीरहने मान्छले खेलको महत्व नैं बुझदैंन् ।त्यैं पनि छुट्टी चाही पाए त्यही मेरो लागि राम्रो पक्ष हो ।
विश्व तेक्वान्दो कल्चर एक्स्पो (10th TAEKWONDO CULTURE EXPO) मा दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफन हुनुभयो ३५ हजार नेपालीको शिर उच्च पार्नुभयो त्यो जीतको क्षण कसरी संझनुहुन्छ ?
खासैं मैंले यति सम्म रेस्पेक्ट पाउने सोचेको नि थिएन सबै जनाको माया पाएकोमा एकदम खुशी छु ।
एउटा कामदारले यति ठुलो उपलब्धी हासिल गर्न सक्दोरहेछ के भन्नुहुन्छ अन्य साथीहरुलाई जो ईपिएसबाट कोरिया आएका छन् ?
हामी कोरिया आईसकेपछि कामको साथ साथैं आफुसंग लुकेर बसेका प्रतिभाहरुलाई लुकाएर नराखौं ।त्यसलाई समय निकालेर निरन्तरता दिऊ । कोरियाको काम गरेर अरु काम गर्न त गाह्रो हुन्छ नैं संघर्ष विना केही सम्भव छैंन् ।संघर्ष सबैंले गरौं सफलता अवश्य प्राप्त गर्न सकिन्छ ।
आगामी दिनमा कसरी अघि बढनुहुन्छ ?
अब कोरिया बसाई पनि सकिदैंछ । तसर्थ नेपाल गएर तेक्वान्दोमैं लाग्ने विचारमा छु ।तेक्वान्दो संबन्धी आफुले कोरियामा सिकेको कुरालाई नेपाल भित्राउने सोंच गरेको छु ।
तपाईलाई चिन्ने साथी भाइहरुलाई के भन्नुहुन्छ ?
सर्वप्रथम त मलाई माया,साथ र हौंसला दिनु हुने सबैं साथी भाईलाई धेरैं धन्यवाद दिन चाहन्छु ।र कोरियाबाट हामीले पैंसाको साथ कुनैं न कुनैं सिप सिकेर जानुपर्छ भन्न चाहन्छु ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस