काेलाेम्बाे – सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो ।
श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिएका छन् ।
“सवै कुरा यथावत रहेमा कोरोनाविरुद्धको खोप झण्डै दुई हप्तामा दिन सकिने सम्भावना रहेको छ, अझ त्यो भन्दा चाडो पनि हुनसक्छ,” जयसिंघेले भने ।
श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलङ्का आइपुग्ने विश्वास व्यक्त गरेका छन् ।
श्रीलङ्काले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
खोप लगाउनका लागि सबैभन्दा पहिला अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि क्रमशः लगाउनेहरूको प्राथमिकता क्रम पनि निर्धारण गरिएको छ ।
श्रीलङ्कामा अरु देशको तुलनामा धेरै पछाडि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस