सोल – दक्षिण कोरियाले आगामी महिनाबाट सुरु गर्ने कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम आगामी सेप्टेमबर सम्म पुग्दा देशको ७० प्रतिशत जनसंख्यामा पुर्याउने भएको छ । एक सरकारी अधिकारीले दिएको जानकारी अनुसार सरकारले खोप कार्यक्रम फेब्रुअरीबाट सुरु गर्दै छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र केसिडिसीका अनुसार प्रतिरक्षा प्रणाली बृद्धि गराउने उक्त खोप कार्यक्रम देशब्यापी सञ्चालन गरिने छ । सरकारले हाल विश्व स्वास्थ्य संगठनको प्रत्यक्ष निगरानीमा रहेको कोभ्याक्स मार्फत ५ करोड ६० लाख डोज खोप सुरक्षित गरिसकेको समेत अधिकारीले बताएका छन् ।
हाल सरकारले थप २ करोड डोज खोपका लागि अमेरिकी खोप निर्माता कम्पनि नोभाभ्याक्स सँग सम्झौता भएको समेत बताएको छ । यससँगै सरकारले देशको कुल जनसंख्या ५ करोड २० लाखका लागि खोप शुनिश्चित गराएको सरकारी अधिकारीले बताएका छन् ।
सरकारले कोरोना नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्य तथा सुरक्षा अधिकारीहरुलाई पहिलो चरणमा, ६५ बर्ष माथिका तथा अन्य मेडिकल कर्मीहरुलाई दोशेरो चरणमा खोप लगाउने भएको छ । १९ बाट ६४ बर्ष उमेर समुहका अन्य ब्यक्तिहरुलाई तेश्रो चरणमा खोप लगाइने अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस