काठमाडौं-भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ।
आजको कान्तिपुर दैनिकको अनुसार गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको हो ।
पश्चिबाट अचानक भंगालो बगन थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । भारतीय पक्षले एकतर्फी रुपमा तीन वर्षदेखि खन्दै आएको पाइलट च्यानलमा पानी छाडेको हो।नगरप्रमुख शैलेशकुमार साहले शुक्रबार साँझबाट गोबरगाढा जान र आउन नसकिएको बताए।
‘पानी छाड्ने भए पनि पूर्वसूचना जरुरी थियो,’ उनले भने, ‘बिनाजानकारी पानी छाडियो।’ गोबरगाढामा तीन सय हाराहारीमा बसोबार रहेको वडाध्यक्ष विन्देश्वरी यादबले बताए।नगरप्रमुख साहले ७०–८० किलोमिटर प्रतिघन्टाका दरले च्यानलमा पानी बगिरहेको बताए। ‘यस्तोमा कसरी बस्ती पुग्न सक्छन् स्थानीय रु’उनले भने, ‘एकतर्फी रुपमा च्यानल बनाउनु र मललाग्दी पानी छाड्नु भारतीय पक्षको हेपाहा प्रवृत्ति हो।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस