सोल – दक्षिण कोरिया सरकारले आफ्नो देशका नागरिक सरह बिदेशी नागरिकलाई समेत कोरोना विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने भएको छ । खोप कार्यक्रम सुरु भए लगत्तै सम्पुर्ण मानिसहरुलाई नि:शुल्क खोप लगाउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
फेब्रुअरीको अन्त्य अथवा मार्च महिनाको सुरुवात बाट खोप कार्यक्रम सुरु गरिने बताउदै कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका प्रमुख जङ इन क्युनले सरकारको खोप कार्यक्रमबाट कोरियाली भुमीमा रहेका कोही पनि बञ्चित हुन नपर्ने बताएका हुन् । उनले हाल खोप ब्यवस्थापनको अन्तिम चरणको काम भइरहेको समेत बताएका छन् ।
दक्षिण कोरियाले आगामी सेप्टेम्बर सम्ममा पहिलो चरणको खोप कार्यक्रम सम्पन्न गरिसक्ने क्युनले बताएका छन् । उनले दक्षिण कोरिया रणनितिक रुपमा अगाडी बढेको बताउदै कोरियाको कोरोना बिरुद्धको लडाई अन्य देशहरु भन्दा अगाडी नै रहेको बताएका छन् ।
यता राष्ट्रपति मुन जाई इनले समेत दक्षिण कोरियाले कोरोना भाइरसबाट विश्वलाई मुक्त गर्न नेतृत्वदायी भुमिका खेल्ने बताएका छन् । चाँडै नै यो रोगका विरुद्ध निर्णायक लडाई हुने बताउदै मुनले नेतृत्व पङ्तिमा आफ्नो देश रहने समेत बताएका छन् ।
दक्षिण कोरियाली सरकारको उक्त निर्णयबाट त्यहाँ काम गरिरहेका नेपालीहरु समेत लाभान्वित हुने भएका छन् । उनीहरुले समेत कोरियाली नागरिकहरु सरह खोप सुविधा पाउने भएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस