नयाँदिल्ली- भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा समेत गरेका छन् ।
मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गरेका छन् ।
मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ।
उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिएका छन् ।
सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा मृत्यु भएका १५ जना मध्ये सात जना महिला, सात जना पुरुष र एक जना एक वर्षीय शिशु रहेको अधिकारीहरुले जनाएका छन् ।
घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस