ब्रिस्बेन – अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ ।
ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।
यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए ।
पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ ।
यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस