जाकर्ता- इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।
भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए ।
उनका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरुलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैजाने गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।
अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस