पोखरा – पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको टोलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । पर्यटकीय नगरी पोखराको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिएको विमानस्थलको निर्माणमा चासो दिदै सङ्घले शुक्रबार स्थलगत निरीक्षण गरी भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको हो ।
सङ्घका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला नेतृत्वको टोलीले निर्माणमा भइरहेको प्रगति, त्यसको अवस्थालगायतका विषयमा जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिएका छन् ।
प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका हुन् । सङ्घका अध्यक्ष कोइरालाले विमानस्थल निर्माणका लागि पोखरा उद्योग वाणिज्य सङ्घले २०३३ सालदेखि गरेको पहल र त्यस यताका रिले अनशनलगायतको स्मरण गर्दै निर्धारित मितिमा विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।
विमानस्थल तोकिएकै मितिमा सञ्चालनमा आए कोरोनाका कारण थलिएको पर्यटन व्यवसायसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ छ । विसं २०३२ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले विमानस्थल निर्माणका लागि समयसमयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल एवं अन्तक्र्रिया गर्दै आएकामा निर्माण कार्य अघि बढ्न नसकेपछि सङ्घले बाध्य भएर विसं २०६८ मा रिले अनशनको नेतृत्व गरेको थियो । सङ्घको अगुवाइमा भएको रिले अनशनमा पोखराका अधिकांश सङ्घसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य सङ्घले ऐक्यबद्धता जनाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस