काठमाडौं-पाँचथरको मिक्लाजुङ-३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको कान्तिपुर दैनिकले समचार प्रकाशित गरेको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ, प्राप्त प्रमाण संकलन गरेको छ ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार घटनास्थलमा भेटिएका वस्तु संकलन गरी प्रयोगशाला परीक्षणका लागि काठमाडौं मगाइएको छ । ‘घटना बीभत्स र ठूलो भए पनि हत्यामा संलग्न पहिचान भइसकेको छ,’ पोखरेलले बिहीबार साँझ फोनमा भने, ‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जनाबाहेक अरूको संलग्नता रहेको शंका गर्ने अवस्था छैन ।’
सोमबार राति बमबहादुर फियाकसहित उनको परिवारका चार जनाको हत्या भएको थियो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमा पाँचजनाको हत्या भएको थियो । सबैलाई धारिलो हतियारले टाउको र शरीरमा क्षतविक्षत हुने गरी काटिएको थियो । हालसम्मको अनुसन्धानमा देखिएअनुसार घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम हुन् ।
उनी घटनाका बेला भाग्दै छिमेकी घरमा शरण लिएर बाँच्न सफल भएकी थिइन् । भाग्ने क्रममा लडेर घाइते भएकी उनको झापा, दमकस्थित अस्पतालमा प्रहरीको सुरक्षामा उपचार गरिएको छ । उनले प्रहरीमा दिएको बयानअनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको एक जना व्यक्तिले धारिलो हतियारले पालैपालो परिवारका सबैलाई प्रहार गरेका थिए ।
हत्यामा संलग्न आशंका गरिएका व्यक्ति बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम हुन् । उनी घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा पर्ने मिक्लाजुङ–७ लिम्बा गाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
केही स्थानीय बासिन्दाले मानबहादुर ‘डिप्रेसन’ बाट ग्रसित रहेको बताएका छन् । उनले औषधि सेवन गर्ने गरेको भनिए पनि कुन औषधि भन्ने खुलेको छैन । मिक्लाजुङका एक जनप्रतिनिधिका अनुसार उनी केही समययता अनौठो व्यवहार गर्ने, निराशजस्तो देखिने गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस