भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताएका हुन् । “नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो”, उनले भने, “सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछि निर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ ।”
मन्त्री नेम्वाङले वर्तमान सरकारकै कारण सधैँ खर र फुसको छानोमा बस्न विपन्न नागरिकले जस्तापाता पाएको, सबै नागरिकलाई स्वास्थ्य, विद्युत्, खानेपानी, सडकसहितका पूर्वाधारको पहुँचमा पु¥याउने प्रयास भएको र राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफल भएकाले यिनै उपलब्धि लिएर जनतामा जान पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । “वर्षौँवर्ष हुन नसकेका काम यो सरकारले गरेको छ”, उनले भने, “यिनै कुरा लिएर जनतामा जानुपर्छ ।”
नेकपा प्रदेश कमिटी सदस्य देवराज घिमिरेले हत्याहिंसाका काममा संलग्नदेखि जातीवादी र राजावादीसँग साँठगाँठ गर्ने कोही पनि कम्युनिष्ट हुन नसक्ने भन्दै सरकारले गरेका कामहरु नै जनतामा पु¥याउन सके पर्याप्त हुने बताए ।
नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले ताजा जनादेश लिन जनतामा जाने कुरालाई अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन् । उनले मुलुकको विकास र समृद्धि, नागरिकको सुखसुविधा तथा राष्ट्रियताको संवद्र्धनका लागि जनतालाई बुझाउनुपर्ने समय आएको बताए ।
नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ जोशसहित पार्टी निर्माण गर्नुपर्नेमा जोड दिँदै विगतमा समेत विभाजनका दुःखद् घटनापछि विजय प्राप्त गरेको स्मरण गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस