एजेन्सी : भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय लाेकसभा चुनावमा हार स्वीकार गरेका छन् । लाेकसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमतका साथ दाेस्राे पटक सत्तामा फर्किने निश्चित भएसँगै राहुलले हार स्वीकारेका हुन् ।
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । राहुलले अमेठीमा हार स्वीकार्दै हारको जिम्मेवारी पनि आफैले लिएका छन् । ‘अमेठीका जनताले गरेको निर्णयलाई म स्वीकार्छु र अमेठीका जनताले देखेका भरोसालाई स्मृतिले जोगाएर राख्नेछिन् । यसमा मलाई विश्वास छ,’ राहुलले भने ।
राहुल भन्छन्, ‘अरु कसैले मलाई गाली गरे पनि म प्रेमपूर्वक बोल्नेछु । बीजेपी र कांग्रेसको लडाई विचारधाराको हो ।’ राहुलले आफ्ना कार्यकर्ता तथा उम्मेदवारहरुलाई धैयर्ता नगुमाउन पनि भनेका छन् ।
‘यो मोदी र बीजेपीको जित हो र म फेरि पनि बधाई दिन चाहन्छु’, राहुलले भने । सबै कांग्रेस विचारधाराका एक भएर आफ्नो गरिमा र प्रतिष्ठालाई जोगाएर राख्ने राहुलले विश्वास लिएका छन् ।
राहुल गान्धी अमेठीबाट स्मृति इरानीसँग पछि रहे पनि उनी केरलकाे वायनाडबाट भने अत्याधिक मतका साथ जितकाे बाटाेमा रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस