काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन्।
पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ।
राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन।
तर एक जना प्रवक्ता जयवीर सेरगिलले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन्।
“हामीले यस्तो हारको अपेक्षा गरेका थिएनौँ,” उनले भने. “हामी चुनावी वाचाहरू राम्रोसँग सञ्चार गर्न सकेनौँ।”
आंशिक र घोषित मतगणना परिणामका अनुसार प्रधानमन्त्री मोदीको भाजपाले ३०० स्थान जित्ने अनुमान गरिएको छ।
राहुल गान्धी नेतृत्वको विपक्षी गठबन्धनले १०० भन्दा कम स्थान हासिल गर्ने अनुमान छ।
भारतको संसदको तल्लो सदन, ५४३ सदस्यीय लोकसभामा, बहुमत हासिल गर्न कुनै पनि पार्टि वा गठबन्धनले कम्तीमा २७२ स्थान जित्नु पर्दछ।
सन् २०१४ मा, भाजपाले २८२ स्थान जितेको थियो। जुन त्यसअघिको ३० वर्षमा कुनै पनि राजनितिक पार्टिले हासिल गरेको सबैभन्दा ठूलो जित थियो। आफ्ना साझेदारहरू सहित भाजपा गठबन्धनको संसदमा ३३६ स्थान थियो।
४४ स्थान मात्र जितेको कंग्रेसले सन् २०१४मा सबैभन्दा खराब हार बेहोरेको थियो। संसदमा उक्त पार्टिको गठबन्धनको ६० स्थानमात्र थियो।-बीबीसी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस