इस्लामाबाद – विद्युत् प्रणालीमा ‘प्राविधिक कारण’ कारण शनिबारदेखि अवरुद्ध सेवा पाकिस्तानका प्रमुख ठूला शहरहरूमा आइतवार बिहानदेखि क्रमशः सञ्चालनमा आउन थालेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
पछिल्लो ‘ब्ल्याकआउट’ दक्षिणी पाकिस्तानमा शनिबार स्थानीय समय अनुसार ११ः४१ मिनेटमा भएको थियो । सेवा अवरूद्ध हुनाको कारण ‘ईन्जिनियरिङ समस्या’ भएको विद्युत् प्राधिकरणका अधिकारीहरूले बताएका छन् । प्राविधिक समस्याका कारण विद्युत् प्रणालीलाई छिन्नभिन्न बनाएको र विद्युत् उत्पादन तथा सम्प्रेषण सेवालाई प्रभावित बनाएको छ, पाकिस्तानी ऊर्जा मन्त्री उमर अयूब खानले आइतबार पत्रकार सम्मेलनमा भने।
“हाम्रा विज्ञहरूले समस्या रहेको स्थान एकीन गर्ने प्रयास गरिरहेका छन्,” खानले भने। “सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्त र दक्षिणको आर्थिक केन्द्र कराँचीका अधिकांश स्थानमा सेवा सुचालु गरिसकिएको छ ।”
उनले भने, “जङ्गली क्षेत्रमा घना कुहिरोका कारण अझै समस्यालाई पत्ता लगाई सेवालाई पूर्णरूपमा सञ्चालन गर्न थप केही घण्टा लाग्नसक्ने प्राविधिकहरूले बताएका छन् ।”
उनले आइतबार साँझसम्म सेवा पुनः सञ्चालनमा विश्वास गरिएको बताए । केही थर्मल प्लान्ट र आणविक प्लान्टलाई सञ्चालनमा ल्याउन केही समय लाग्नसक्ने देखिएको उनले ट्वीटमार्फत् जानकारी गराएका छन् ।
विद्युत् प्रणालीमा आएको उक्त समस्याले पाकिस्तानको इतिहासमा अहिलेसम्मकै नराम्रो असर पारेको बताइएको छ ।
इस्लामाबादलगायत देशभरका प्रमुख शहरहरूमा बिजुली कटौती हुँदा पाकिस्तानकोे एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई पनि असर पु¥याएको बताइएको छ ।
२१ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा विद्युत् वितरण प्रणाली एक जटिल तथा कमजोर सञ्जाल रहेको छ । यहाँ ग्रिडको एक खण्डमा आउनसक्ने समस्याले देशव्यापीरूपमा सेवा अवरुद्ध हुनसक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस