साउदी अरब – खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले बताएका छन् ।
साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो ।
“यी प्रयासहरूले हामीलाई अल उला वक्तव्यको सहमतिमा पुग्न मद्दत पु¥याएको छ । शिखर सम्मेलनमा हस्ताक्षर हुनेछ । सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गर्दछौं,” उनले बैठकमा भने । मध्यस्थताका लागि उनले संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिएका छन् ।
उनले थपे, “आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आणविक र बैलिस्टिक मिसाइल कार्यक्रमले ल्याएको खतराहरू चुनौतिहरूको सामना गर्न सहयोग पुगेको छ । तोडफोड र विनाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ ।”
अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन् । साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन र मस्यौदा तयार भएको हो ।
उनीहरूको सहमतिसम्बन्धी सामग्री तुरून्त सार्वजनिक गरिएको छैन तर छिमेकीहरू बीचको लामो दुश्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा गरेपछि कडा गतिरोध अन्त्य गर्ने सम्झौताको आशा बढेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस