महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन् ।
“धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमै लाग्यो”, उनले भने, “अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।” यसअघि गाउँमा थोरै सङ्ख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउँमा दातृ निकायले सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढेको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गाउँमा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा १५ जना कृषक तरकारी खेतीमा आवद्ध भएका छन् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका चौधरीले कुनै पनि सरकारी निकायबाट गाउँमा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गरेका छन् ।
“कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छौँ तर पाएका छैनौं”, उनले भने, “तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहाँ भएको छ ।” उनले एनएनएसडब्लुएले सिँचाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बतए । यहाँ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाइ छ ।
बेलौरी नगरपालिका–३ का वडासदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताए । उनले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउँदै गइरहेको बताएका छन् । “तरकारी उत्पादन भएको बेला यहाँ टोकरीमा राखेर गाउँघर डुलाउँदै पनि बिक्री वितरण गरिन्छ ।” पाँच कठ्ठा जग्गामा तरकारी खेती समेत गर्दै आएका वडा सदस्य चौधरीले भने, “तरकारीको कमाइले घरखर्च चलिरहेको हुन्छ ।”
स्थानीय जनजागृति कृषि सहकारीमा आवद्ध भएर गाउँमा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हुँदा बिक्री वितरणमा केही समस्या आएको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सफल परियोजनाअन्तर्गत सोलार सिँचाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिँचाइ सञ्चालनमा ल्याइएको बताए । उनले बेमौसमी तथा मौसमी तरकारी उत्पादनमा सहजता होस् भनेर सिँचाइ जडान गरिएको जानकारी दिए । “अहिले २५ जना कृषकले समूह बनाएर सिँचाइ उपयोग गरिरहेका छन् ।” उनले भने, “उक्त परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका धेरै कृषक लाभान्वित भएका छन् ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस