जुम्ला – जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।
हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परे सँगै हिँउ जमेको हो । यस बर्ष मंसिरमा समान्य हिउँ परेपनि खासै हिउँ परेको थिएन ।
मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाँज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।
यसैगरी एक हप्ता देखीनै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माईनस बाट शुन्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आईतवार न्यूनतम माईनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम वादल र हावा कम भएपछि शुन्य दशमलप ६ रहेको जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस